डोटीको जोरायलमा अवस्थित ‘‘छहरा झर्ना’’


सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । यहाँका नौं वटै जिल्लाका विभिन्न ठाउँहरुमा पर्यटकीय क्षेत्र छन । प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड, रामारोशन, घोडाघोडी लगायतका थुप्रै क्षेत्रहरु छन ।

त्योसँगै पछिल्लो समयमा नयाँ–नयाँ पर्यटकीय स्थलहरु देखा पर्न थालेका छन । यस्तै पछिल्लो समयमा डोटीको जोरायल गाउँपालिकामा रहेको एउटा झर्ना पर्यटकहरुको आकर्षक केन्द्र बनेको छ ।

गाउँपालिकाको वडा नम्बर २ छतिबनमा अवस्थित ‘‘छहरा झर्ना’’ को नामले परिचित उक्त झर्ना अहिले आन्तरिक पर्यटकको प्रमुख रोजाईमा परेको छ ।
