धनगढीमा गरिएको परिक्षणमा विहिबार थप २४ जनामा कोरोना पुष्टि


धनगढी । धनगढीमा गरिएको परिक्षणमा विहिबार थप २४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा धनगढीका १७ सहित कैलालीका २४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३४९ नमुनाहरुमध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढीका १७ सहित कैलालीका २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनले धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४ जना पुरुष, वडा नम्बर ११ का ४ महिला र ५ पुरुष सहित १० जना, वडा नम्बर १२ का ३ एक महिला र दुई पुरुष गरी तीन जना मा संक्रमण पुष्टि भएको बताए ।
यस्तै कैलालीको लम्कीचुहाँ नगरपालिकाका दुई महिला र दुई पुरुष, जानकी गाउँपालिकाका दुईजना र गोदावरी नगरपालिका वडा नम्बर १ का एकजना पुरुषमा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ष्ठले जानकारी दिए ।