तत्काललाई बन्द भयो वामदेव सरकारमा जाने बाटो
बोलन्या थली |
८ आश्विन २०७७, बिहीबार
काठमाडौँ । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको यो आदेशसँगै उनी मुद्दाको टंगो नलागेसम्म सरकारमा सहभागि हुने बाटो बन्द भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको मनोनयन संविधान विपरीत भएको भन्दै दायर गरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।
२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई १ असोजमा राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। गौतम २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।