बझाङमा १३ वर्षीया बालिका मृत फेला

बोलन्या थली | ८ आश्विन २०७७, बिहीबार
बझाङमा १३ वर्षीया बालिका मृत फेला

बझाङ । बझाङ जिल्लाको मष्टा गाँउपालिका–२ की एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार बेलुकी ती बालिकाको बलात्कारपछि हत्या भएको उनका बाजे गोर्ख कामीले बताए ।

बुधबार बेलुका ४ः३० बजे उनको गाउँ खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिका अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको सब फेला पारेको कामीले जानकारी दिए ।

नातीनी अबेरसम्म नआएपछि कतै लडेकी भनेर खोजी गर्दै जाँदा मन्दिरभित्र मृत अवस्थामा फेला पारेको उनको भनाइ छ । बालिकाको शरीरभरि निलडाम छन् भने बालिकाले लगाएको सुरुवालसमेत नभएको नग्न अवस्थामा शब फेला पारेको वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू