डडेल्धुरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
बोलन्या थली |
८ आश्विन २०७७, बिहीबार
धनगढी– डडेल्धुरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका उनी केहिदिन अघि भारतबाट फर्केको अस्पतालले जनाएको छ ।
भारतमा कोरोना परिक्षणमा कोरोना पोजेटिभ देखिएका उनी डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको उनका आफ्न्तले जनाएका छन् ।
अहिले मृतकको शव डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले बताए।