कञ्चनपुरको पुर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान
कञ्चनपुर । कञ्चनपुरको बेतकोट नगरपालिकाकाले पुर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ। नगरपालिकाले राजमार्ग क्षेत्रमा २५ वटा सिसिटिभी क्यामेरा जडान गरेको हो।
दैजी र चम्फापुर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए। उनले राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित उक्त क्षेत्रमा नाइटभिजन क्यामेरा जडान गरीएको उनले बताए।
नगरपालिकाले सिसिटिभी क्यामेरा र ११६ वटा सौर्य बत्ती जडान गर्न अमृत बोहरा जेभीसँग एक करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाँटा नगरपालिकासँग जोडिएका चम्फापुर पुलदेखि सामादैजी, दैजी, सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको छ।नगर प्रमुख चन्दका अनुसार क्यामेरा तथा सौर्य बत्ती जडान गर्न नगरले बजेट छुट्याएको हो।