नेपाल तरुण दल केरावारिद्वारा अति विपन्न परिवारको लागि “स्वास्थ्य विमा” कार्यक्रम सन्चालन
बोलन्या थली |
६ आश्विन २०७७, मंगलवार
मोरङ : नेपाल तरुण दल केरावारिले अति विपन्न परिवारको लागि “स्वास्थ्य विमा” कार्यक्रम सन्चालन गरेको छ। सोमबार तरुण केराबारीले अति बिपिन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेको हो ।
सरकारले संचालन गरेको ३ हजार ५ सय बिमा अति विपन्न परिवारलहरुले आर्थिक अवस्था कमजोरका कारण स्वास्थ विमावाट बन्चित हुनु भएको र कुनै रोग लागि हालेमा हामीले नै देश विदेश वाट चन्दा संकलन गरि बचाउनु परेको घटनालाई मध्यनजर गर्दै पहिलो चरणमा केरावारि गाउपालिका ९ ले १५ घरलाई स्वास्थ्य विमा सहयोग गर्ने गरि सोमबार दुई घरको स्वास्थ विमा गराएर सुरुवात गरेको तरुण दल केराबारीका अध्यक्ष पप्पु साहले बताए ।