पश्चिम सेतीका लागि जनप्रतिनिधिले सरकारबाट राजिनामा दिने हिम्मत गर्नु पर्छ : नेता महर
धनगढी : नेपाली काङ्ग्रेस कोरोना अनुगमन समिति सदस्य एवं युवा नेता नैनसिंह महरले पश्चिम सेती परियोजना निर्माणका लागि दबाब दिन जनप्रतिनिधिले हिम्मत गरे केही हप्ता मै सरकार बाध्य भएर प्ररियोजनाको काम अगाडि बढाउने बताए । ८८ वटै तहका मेयर/उपमेयर, प्रदेशका सांसद र संघिय सांसदले पश्चिम सेती अगाडि नबढाए सरकारबाट राजिनामा दिने हिम्मत गर्नु पर्ने जोड दिए । जनताले जति दबाद दिएपनी केही नहुने तर जनप्रतिनिधिले सरकारलाई दबाब दिए केही समय अघि बढ्ने बताए ।
पश्चिम सेती निर्माण भए देश समृद्धिको ठूलो आधार हुने बताए । बिकास गर्न यस्ता ठुला परियोजनामा सरकारले लगानी बढाउनु पर्छ । बिकासका कार्यमा राजनैतिक खिचातानी गर्न नहुने बताए । राजनैतिक,प्रशासकीय र जनता बिचको हातेमालो भएर अघि बढे बिकासका कार्य सहज हुने युवानेता महरले बताए । अहिलेसम्म पश्चिम सेती राजनैतिक दलले जनतालाई चुनाबका बेलामात्र बनाउन्छौ भनेर आश्वासन दिदै आएको अब जनप्रतिनिधिले हिम्मत गर्नु पर्ने बताए ।