बझाङमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

बोलन्या थली | ५ आश्विन २०७७, सोमबार
बझाङमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

बझाङ । बझाङमा जेसीबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ तीन जना घाईते भएका छन् । जिल्लको बुंगल नगरपालिका १ दहबगरमा आइतबार राति १२: ३० बजे भएको जेसीबी दुर्घटनामा परी बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको हो ।

त्यस्तै बुंगल नगरपालिका-९ देउलीकोटका जेसीबी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका-१ दहबगर बस्ने २७ वर्षीय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू