६ महिनादेखि बन्द रहेको धनगढी–काठमाडौँ हवाइ उडान आजदेखि सुरु


धनगढी : कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान आजदेखि फेरी सुरु हुने भएको छ।
सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी–काठमाडौँ–धनगढी सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले आज बुद्ध एयरले उडान भर्ने जानकारी दिए। थापाका अनुसार बुद्ध एयर काठमाडौँबाट १० बजेर ५० मिनेटमा धनगढीका लागि उड्नेछ भने धनगढीबाट १२ बजेर ५० मिनेटमा काठमाडौँ फर्किने छ।
श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने विमानस्थल कार्यालयले जनाएको छ। यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढथापाले बताए।
उनका अनुसार केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ।
केही बर्ष अगाडिसम्म सौर्य एयरलाईन्सले धनगढीका लागि उडान भर्दै आएकोमा पछि बन्द गरेको थियो।
यस्तो छ यात्राको प्रोटोकल
यदि तपाईं यात्रा गर्दै हुनुहुन्छ भने पहिलेभन्दा अहिले अलि फरक पाउनुहुनेछ कारण तपाइले पुरा गर्नुपर्ने प्रक्रिया विगतको भन्दा लामो हुनेछ । विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ । त्यसपछि तपाइ भित्र छिर्नुहुनेछ तर कसैलाई नछोइ, भौतिक दुरी कायम गर्दै । ७० वर्षभन्दा माथिका र दीर्घरोगीलाई यात्रा गर्न दिइने छैन ।
सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । यसका लागि बढीमा पाँच मिनेट लाग्नेछ । जसमा तपाइलाई कोभिडको कुनै लक्ष्क्ष्य नभएको उल्लेख गर्नुपर्ने हुन्छ । यदि कुनै लक्षण भए तपाइ यात्राका लागि योग्य हुनुहुन्न् । एयरलाइन्सका काउन्टरहरु डिसइन्फेकस गरिएको हुन्छ । तपाइलाई उसले स्यानिटाइजर, फेस सिल्ड, माक्स दिनेछ । उसले पनि तपाइको ताफक्रम ठिक छ छैन जाँच गर्नेछ ।
बोर्डिङ पास लिएर तपाइ उडान भर्न विमानसम्म पुग्न बसमा चढ्नुपर्ने छ जसमा डिसइन्फेक्स गरिएको हुन्छ । प्लेनमा पालैपालो चढ्नुपर्नेछ । तर प्लेनभित्र सिटमा बस्दा तपाईंको दुरी कायम हुनेछैन । तपाइको आडैको सिटमा अर्को यात्रु पनि बस्न पाउनेछ । उडानका लागि बनाएको सुरक्षा सम्बन्धि प्रोटोकल भने सबै एयरलाइन्सले पालना गर्नुपर्नेछ