नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना पुष्टि


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। संक्रमितमध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४११ जनाको मृत्यु भएको छ।