डडेल्धुराको प्रयोगशालामा १७ जनामा कोरोना संक्रमण
बोलन्या थली |
४ आश्विन २०७७, आईतवार
धनगढी, ४ असोज । डडेल्धुरा अस्पतालको प्रयोगशालामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार उनिहरु सबै बझाङका हुन ।
उनका अनुसार बझाङको खप्तडछान्ना गाउपालिकाका ८, थलारा गाउपालिकाका ८ र छबिसथापाभारा गाउपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।