रेडियोकर्मी निर्मला पहराईको हत्या गरिएको परिवारको आरोप

बोलन्या थली | ४ आश्विन २०७७, आईतवार
रेडियोकर्मी निर्मला पहराईको हत्या गरिएको परिवारको आरोप

कैलाली । शुक्रबार मृत अवस्थामा फेला परेकी रेडियोकर्मी निर्मला पहराईको हत्या गरिएको उनका परिवारहरूले आरोप लगाएका छ । शनिबार धनगढीमा पत्रकार सम्मेल्न गर्दै उनका दाजु विशाल पहराईले निर्मलाको हत्या गरिएको दाबी गरे ।

शव हेर्दा पनि थाहा हुन्छ त्यो आत्महत्या होइन हत्या हो,उनले भने,बैनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्छ। विगत केहि बर्ष देखि कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको कैलाली एफएममा कार्यरत २२ बर्षिया पहराई ३१ भदौबाट सम्पर्क विहीन भएकी थिइन् ।

उनी हराएको ३ दिन पछि घोडाघोडी नगरपालिका १० मा रहेको फूलबारी सामुदायिक बनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। सञ्चारकर्मी पहराईको शव अहिले पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

तर, घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने बिशालले बताए । घटनाको छानबिनको लागि प्रहरीले स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ ।

यस्तै कैलालीका बिभिन्न नागरिक समाजद्वारा सञ्चारकर्मी पहराईको घटनाबारे छानबिनको माग गरेका छन्।दलित सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले शनिवार साझा विज्ञप्ति जारी गर्दै घटनाका संलग्नहरूलाई कारबाहीको समेत माग गरिएको छ ।

जनाअवजको टिप्पणीहरू