यस्तो छ आजकाे मौसम

बोलन्या थली | ४ आश्विन २०७७, आईतवार
यस्तो छ आजकाे मौसम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ रहेकाे छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ ।

आइतबार देशभर आँशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

जनाअवजको टिप्पणीहरू