कैलालीमा पत्रकार मृत भेटिएको घटनाको अनुसन्धान गर्न पत्रकार महासंघको माग

बोलन्या थली | ३ आश्विन २०७७, शनिबार
कैलालीमा पत्रकार मृत भेटिएको घटनाको अनुसन्धान गर्न पत्रकार महासंघको माग

धनगढी :कैलालीको घोडाघोडी नगरपालिकाकी पत्रकार निर्मला पहराइ मृत भेटिएको घटनाको अनुसन्धान गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गर्दै पहराइ केही दिनदेखि सम्पर्क विहिन भई झुण्डिएको अवस्थामा मृत भेटिएको घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य छानविन गर्न माग गरिएको हो।

विज्ञप्तीमा भनिएको छ, – ‘केही दिनअघि सम्पर्कविहिन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेको यस घटनाबारे गहिरोसँग अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’
भदौँ ३१ गतेदेखि हराईरहेकी पत्रकार पहराई शुक्रबार घोडाघोडी ५ को सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन्। उनी रेडियो कैलालीमा कार्यरत थिईन्।

जनाअवजको टिप्पणीहरू