संविधान दिवसको अवसर पारी २ सय ८९ कैदीबन्दीको कैद मिनाहा

बोलन्या थली | ३ आश्विन २०७७, शनिबार
संविधान दिवसको अवसर पारी २ सय ८९ कैदीबन्दीको कैद मिनाहा

काठमाण्डौ। राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्नुभएको छ। राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जनाअवजको टिप्पणीहरू