बाजुरामा युवा समाजसेवी बुढाद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग

बोलन्या थली | ३ आश्विन २०७७, शनिबार
बाजुरामा युवा समाजसेवी बुढाद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग

बाजुरा : बाजुरामा युवा समाजसेवीले बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छ्न। बुढिगंगा नगरपालिका वडा न:१० का युबानेता तथा समाजसेवी (बाेलन्या थलि बाजुरा जिल्ला कमिटि सदस्य, स्वयम् सेवक संघ जिल्ला कमिटि बाजुराका सदस्य) गाेपाल बुढाकाे पहलमा १२ परिवारलाई प्रति २५ के जी चामल,२ केजी दाल,२ केजी नुन र १ लिटर तेल राहात बितरण गरेको हो ।

दिनेश नेपाली,बनी साउद,,न्रमा साउद,खन्टि न्याैपाने,अमृता साउद,रम्भा लुहार,मिना लुहार,फकिरे नेपाली, नरु लुहार,गाेरे बुढा,नन्दा लुहार,तुला देवी साउदकोलाई राहात वितरण गरिएको समाजसेवी बुढाले बताए ।।
बिदेशमा मजदुरि गरि रहनु हुनेको सहयोगबाट बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको उनले बताए । समाज सेवा र समाज रुपान्तरणका लागि कमाईकाे केही अंश छुट्याए विशेष धन्यवाद समेत दिएका छन् ।

राहत वितरणमा बुढिगंगा नगरपालिका वडा न:१० का वडा सदस्य भाेलाराम जाेशि ,पुर्व नेकपा एमाले बाह्रबि गा बि स सचिब दान ब: बुढा,नेपाली काङ्ग्रेस वडा कार्य समिति सचिब मिथुन साउद, समाजसेवी शंकर साउद , युवा समाजसेवी भरत बुढाकाे उपस्थिति रहेकाे थियाे।

जनाअवजको टिप्पणीहरू