गोपाल बुढाद्वारा १२ परिवारलाई राहात वितरण

बोलन्या थली | २ आश्विन २०७७, शुक्रबार
गोपाल बुढाद्वारा १२ परिवारलाई राहात वितरण

बाजुराको बुढीगंगा नगरपालिका वडा न १० का युबा नेता तथा सामाजिक अभियान्ता बोलन्या थलि बाजुरा जिल्ला कमिटि सदस्य गोपाल बुढाको पहलमा प्रति परिवार २५ के जी चामल,२के जी दाल,२ के जी नुन र १ लिटर तेल गरि १२ परिवारलाई राहात बितरण गरिएको छ ।

बुढासंगको छोटो कुराकानिमा उहाले भन्नू भयो “राहतको लागि मैले त विशेष पहल गरेको हु , अभियान चलायको हु,सहयोग त उहाहरुले गर्नु भयको जस्ले बिदेशमा बसेर पनि समाज र समुदाय को चिन्तन गरिरहनु भयको छ ।

बिदेशमा मजदुरि गरि जुन पसिनाको मुल्य वाफत कमायको केही अंशबाट समाज सेवा र समाज रुपान्तरणका लागि कमाईको केही अंश छुट्याए वहाँहरुलाई विशेष धन्यवाद दिन चाहान्छु। मान्छे जन्मन्छ, मर्छ प्रकृतिको रित हो तर मान्छे जन्मे पछि केही यस्ता काम गर्नु पर्छ कि जुन कामले पछिल्लो पुस्ताले पनि चिन्न सक्नु पर्छ।

अनि हामी जन्मेको अस्तित्व रहन्छ।”यो अभियानलाई दिन-रात नभनि प्रत्येक्ष रुपमा विशेष सहयोग गर्नु हुने आदरणीय व्याक्त्रित्व विपिन साउद अनिल, बुढा,हरिस साउद र एकदमै कठिबद्ध रुपमा समाज सेवामा लाग्ने जुजारु युवा अनेरास्ववियु कैलाली-बाजुरा सम्पर्क मञ्जका उपाध्यक्ष , अनेरास्ववियु कैलाली बहुमुखि क्याम्पस कमिटी सदस्य आदरणीय दाजु पुर्णराज जैशि लाई विशेष धन्यवाद दिन चाहान्छु।”

राहत वितरणमा बुढिगंगा नगरपालिका वडा नस्१० का वडा सदस्य भोलाराम जोशि ,पुर्व नेकपा एमाले बाह्रबि गा बि स सचिब दान बस् बुढा,नेपाली काङ्ग्रेस वडा कार्य समिति सचिब मिथुन साउद, समाजसेवी शंकर साउद , युवा समाजसेवी भरत बुढाको उपस्थिति रहेको थियो।

राहात लिनेमा,दिनेश नेपाली,बनी साउद,,न्रमा साउद,खन्टि न्यौपाने,अमृता साउद,रम्भा लुहार,मिना लुहार,फकिरे नेपाली, नरु लुहार,गोरे बुढा,नन्दा लुहार,तुला देवी साउद गरि जम्मा १२ जनालाई राहात वितरण गरियको छ।

जनाअवजको टिप्पणीहरू