कैलालीमा किरा परेको अवस्थामा एक महिलाको शव फेला

बोलन्या थली | २ आश्विन २०७७, शुक्रबार
कैलालीमा किरा परेको अवस्थामा एक महिलाको शव फेला

धनगढी : कैलालीमा किरा परेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

घोडाघोडी नगरपालिकाको वडा नम्बर १० मा पर्ने बुलबुले सामुदायिक वनमा वडा नम्बर ९ की करिब २१ वर्षीया पदमा बटाला रोकायाको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहराले बताएका छन ।

पोष्टमार्टका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको उनले बताए ।

जनाअवजको टिप्पणीहरू