सेती अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा २२ जनामा कोरोना संक्रमण

बोलन्या थली | १ आश्विन २०७७, बिहीबार
सेती अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा २२ जनामा कोरोना संक्रमण

धनगढी– सेती प्रादेशिक अस्पतालको प्रयोशालामा २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन सय ३३ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका ६ र कैलालीका १६ जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको धनगढी उप–महानगरपलिकाका ९, गौरिगङ्गा नगरपालिकाका ३, भजनि नगरपालिकाका ३ र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४, बेलौरी र महाकाली नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

जनाअवजको टिप्पणीहरू