सुदूरपश्चिममा थप ४० जना सैनिकमा कोरोना पुष्टि


डोटी । डोटीमा थप ४० जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा थप ४० जना नेपाली सेनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार दिपायल सिलगढी नगरपालिका-४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरु बक्स गणमा कार्यरत ४० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
जिल्लामा बुधबार सम्म सक्रिय संक्रमित एक सय एक जना रहेका जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख मलासिले जानकारी दिए।