धनगढीमा किशोरी बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

बोलन्या थली | ३१ भाद्र २०७७, बुधबार
धनगढीमा किशोरी बलात्कारको आरोपमा प्रधानाध्यापक  पक्राउ

धनगढी– धनगढीमा किशोरीमाथि बलात्कार गरेकोमा आरोपमा एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । बझाङका एक आधारभूत विद्यालयका प्रधानाध्यापक कलकबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बोहराका अनुसार बझाङ घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।

भदौ २६ गते किशोरीले दिएको जाहेरीको आधारमा बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू