कैलाली प्रशासनले स्थानीय तह अनुसार सेवा दिने


कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता सम्बन्धिका सेवा स्थानीय तह अनुसार दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै स्थानीय तहलाई फरक फरक बार अनुसार सेवा दिने जनाएको छ ।
कार्यालयले गोदावरी नगरपालिकाका सेवाग्राहीलाई आईतबार र बुधबार, कैलारी गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बीहिबार, धनगढी उपमहानगरपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार र चुरे गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बुधबार सेवा दिने व्यवस्था मिलाएको छ ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा सतर्कता र सामाजिक भौतिक दुरी कायम गर्दै अर्को व्यवस्था नभए सम्मका लागि स्थानीय तह अनुसार सेवा दिईने जारी सूचनामा उल्लेख छ ।
