स्टानको वक्तृत्वकला प्रतियोगितामा सैनिककी मोनिका प्रथम
आठौं राष्ट्रिय विज्ञान दिवस “स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान”भन्ने शीर्षकमा स्टान सुपले गरेको वक्तृत्वकला प्रतियोगिताको आज एक कार्यक्रम बिच सार्वजनिक नतिजा अनुसार सैनिक आवासिय महाविद्यालय, तेघरीकि मोनिका विष्ट प्रथम भएकी छिन् ।यसैगरि ए.ई बि. स्कूल डडेल्धुराकि छात्रा दिपीका पाण्डेय द्वितीय, रेडियन्ट स्कूल,कंचनपुरकि छात्रा योजना बोकटी तृतीय हुन सफल भए भने कंचन विद्या मन्दिर, कंचनपुरकि छात्रा भावना बिस्ट, ऐश्वर्य विद्या निकेतन कैलालीककि छात्रा प्रवलिका जोशी, मालिका नमुना मा. वि. बाजुराकि छात्रा दृष्टि तिमील्सेनाले सान्त्वना स्थान प्राप्त गरेका छन्।
कार्यक्रममा सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने स्टानका केन्द्रीय अध्यक्ष आदरणीय खील कुमार प्रधान, राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिमका प्रमुख उत्तमदेव बिस्ट, शिक्षा तालिम केन्द्र सुदूरपश्चिमका प्रमुख चेतराज पन्त विशिष्ट अतिथीका रूपमा रहनुभएको थियो। स्टान सुदूरपश्चिमका संयोजक चन्द्रकला दवाडीको सभापतित्वमा संचालन भएको कार्यक्रमको सहजीकरण सह संयोजक रमेशप्रसाद पाण्डेयले गर्नुभएको थियो भने प्रकाश छेडालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा मुल्यांकन समितिका सदस्य श्री नरेन्द्र भट्ट ज्यू ले नतीजा प्रस्तुत गर्नुभएको थियो भने प्रमाणपत्र तथा पुरस्कार समितिका सदस्य श्री भीम प्रसाद तिवारीले प्रमाणपत्र तथा पुरुस्कार वितरण प्रकृयाका बारेमा जानकारी दिनुभएको थियो।यस अघि आयोजकले विद्यार्थीहरुबाट सम्बन्धित विषयमा विद्यार्थीका विचार सहितको भिडियो माग गरि आफ्नो युट्युब च्यानलमा प्रकाशन गरेको थियो ।