सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५९० पुग्यो

बोलन्या थली | ३० भाद्र २०७७, मंगलवार
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५९० पुग्यो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५९० पुगेको छ । मंगलबार थप ५४ जनामा कोरोना पुष्टि भए  सर्गै सो संख्या पुगेको हो ।  मंगलवार प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण भएका ६४७ नमुनाहरुमध्ये ५४ जनामा संक्रमण देखिएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १३ जना, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा २९ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालमा १२ जना गरी ५४ जनामा संक्रमण देखिएको हो ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४३४ नमुनाहरुमध्ये १३ जनामा कोभिड(१९ को संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ५ महिला र ८ जना पुरुष गरी १३ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले कैलालीको गोदावरी नगरपालिकाका दुई महिला र ७ जना पुरुष गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको बताए । यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का दुईजना, वडा नम्बर ६ का एकजना र वडा नम्बर ८ का एकजनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ६८ नमुनाहरुमध्ये थप १२ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले २४ घण्टामा परिक्षण भएका ६८ नमुनाहरुमध्ये १२ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ७ का ६ जना, डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का दुईजना र बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर २ का एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना र महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको इन्चार्ज भूषालले जानकारी दिए । अन्य ५६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

उता  जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १४५ नमुनाहरुमध्ये २९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो। 

जनाअवजको टिप्पणीहरू