धनगढीमा गरिएको परिक्षणमा कैलालीका थप १३ जनामा कोरोना पुष्टि
बोलन्या थली |
३० भाद्र २०७७, मंगलवार
धनगढी । धनगढीमा गरिएको परिक्षणमा कैलालीका थप १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा मंगलबार थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४३४ नमुनाहरुमध्ये १३ जनामा कोभिड १९ को संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ५ महिला र ८ जना पुरुष गरी १३ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनले कैलालीको गोदावरी नगरपालिकाका दुई महिला र ७ जना पुरुष गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको बताए । यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का दुईजना, वडा नम्बर ६ का एकजना र वडा नम्बर ८ का एकजनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।