गुणस्तरीय शिक्षामा अभिभावकको भुमिका

बोलन्या थली | २९ भाद्र २०७७, सोमबार
गुणस्तरीय शिक्षामा अभिभावकको भुमिका

सुरेन्द्र मल्ल

गुणस्तरीय शिक्षा
मानव विकासका निमित्त शिक्षा लाई आम्दानी जत्तीकै महत्वपूर्ण सूचकका रुपमा लिने गरीन्छ । त्यती मात्र नभएर शिक्षालाई व्यक्ति र समाजको परवर्तनको सेवा पनि हो । शिक्षा र्आजन गर्नु को लागि सर्टिफिकेट वटल्नु मात्र नभई आजको प्रतिस्पर्धात्मक युगमा खरो सावित हुनु भएकाले यसका लागि गुणस्तरिय शिक्षा आधारशिलाका रुपमा देखा पर्दछ ।

सवैका लागि शिक्षाको विश्वव्यापी अभियानको प्रारम्भ संयुक्त रास्ट्र संघिय वालाधिकार महासन्धि १९८९ ले समान गुणस्तरीय शिक्षामा सवै वालबालिकाको अधिकार स्थापित गरेपछी नै प्रारम्भ भएको हो । शिक्षामा पहुँच, समता, गुणस्तरियता, सान्दर्भिकता र सुशासन अभिवृद्धिको वहस र वकालत गरिएको आज २ दशक वितिसके पछि शिक्षाको गुणस्तर र विद्यार्थीको सिकाई उपलव्धिमा खासै सकारात्मक नतिजा प्राप्ती भईरहेको छैन । यसका साथै अझ सम्म प्रध्यानाध्यपकको नेतृत्व स्थापना गर्न र वि.व्य.स., शिक्षक अभिभावक संघहरुलाई सक्रिय बनाउन नसकेकाले विद्यालय शुसासन र गुणस्तरी शिक्षामा अपेक्षित सुधार ल्याउन सकिएको छैन ।

गुणस्तर भन्ने कुरा मुलतः देश र समाज सापेक्ष हुन्छ गुणस्तर खासमा व्यवहारिक, वैज्ञानिक र कार्यमुलक हुन्छ । यसको मापनको आधार लगानी (input), प्रक्रिया (process), प्रतिफलको (output) समग्र मुल्याङ्कन हो । आवश्यक लगानी शैक्षिक प्रक्रियाको व्यवस्थापन र उच्चकोटीको शैक्षीक उत्पादनलाई गुणस्तरीय शिक्षा लाई मान्न सकिन्छ । उत्पादित जनशक्तिमा विषयको गहन ज्ञान, अभिव्यक्ति कौसल, ज्ञानको खोजि गर्ने मानसिकता, सिर्जनसिलता, ज्ञानलाई व्यवारमा उतार्ने कौशल, ज्ञान सिपका आधारमा जिवन जिउने कला छ वा छैन त्यसले गुणस्तर निर्धारण गर्दछ । गुणस्तरीय जनशक्तिमा विषयगत दक्षताका अतिरिक्त कर्तव्य प्रति जिम्मेवारी पना, कामगर्ने अभिरुचि, विषयशिलता, लगनशिल, अरुको कुरा सुन्ने(धैर्यवान) र आफ्ना कुरा अरुलाई सुनाउन सक्ने सामथ्र्य एव सामाजिक प्रतिष्ठा आदी हुन वाच्छनिय मानिन्छ ।

युग समाज अनुुसार गुणस्तर भिन्ना भिन्नै हुनु सक्छ । कुनैपनि देशले आफ्नो नीति तय गरी सोही अनुसारको शिक्षा नीति निर्धारण गर्दछ । उद्देश्य पूर्तिका लागी तय गरिएको पाठ्यक्रममा उल्लेखीत क्रियाकलापका माध्यम बाट सिकाई उपलब्धी हासिल गर्यो वा गरेन विषयगत तथा तहगत उद्देश्य हासिल गर्यो वा गरेन त्यसको मापन का लागि गरिने मुल्याङ्कन नै मुलतः गुणस्तर मापनको आधार भईरहेको छ । वास्तवमा पिउने र पिलाउने वा घाक्ने र घोकाउने प्रणाली गुणस्तर शिक्षाको आधार नभएर ज्ञान आर्जन र त्यसलाई सही रुपमा व्यवाहारमा उतर्ने कुशलता नै शैक्षिक गुणस्तरता मापनको आधार हो । यसका निर्धारक शैक्षिक पद्धती, शैक्षिक योजना, शिक्षा नीति, लक्ष्य तथा उद्देश्य, शिक्षाको संगठन र व्यवास्थापन द्धारा शैक्षिक नेतृत्वको व्यवस्थापन, शैक्षिक निणय विधि, दक्ष शिक्षकको व्यवस्थापन, स्तरिय पाठ्यक्रम, पाठ्य पुस्तक, शिक्षिक निर्देशिकता तालिम, शैक्षिक समाग्रीको निर्माण र प्रयोग, भैतिक सुविधा, आर्थिक लगानी र प्रक्रियाको समग्र मुल्याङ्कन र शैक्षिक अनुसन्धान आदि ।

अभिभावकको भूमिका
हाम्रा पूवर्जहरुको एउटा श्लोक रहेकोछ,
उपाध्यायन् दशाचार्य आचायणं शत पिता ।
सहस्रंतु पितृन् माता गौरवेणातिरिच्चते ।।
जसको अर्थ हुन्छ दश जना उपाध्याय भन्दा वढी एक जना आचार्य, सय जना आचार्य भन्दा एउटा वुवा र हजार वुवा भन्दा वढी एउटी आमा वालवालिका निम्ति महत्वपूर्ण हुन्छिन । यस वाटै प्रष्ट हुन्छ एउटा वालवालिका वा विद्यार्थी का लागि अभिभावकको भूमिका कति अमूल्य छ भन्ने कुरा प्रष्ट हुन जान्छ । त्यस कारण शिक्षामा गुस्तर कायम गर्नका लागि तिन वटा पिल्लर अभिभावक, शिक्षक र विद्यार्थी मध्ये यस लाई एउटा पिल्लरका रुपमा लिन सकिन्छ । जसरी मानिसको पाचन प्रक्रियाका फाइवर फू्रड(रेशादार खानेकुरा), शारीरिक व्यायम, प्रशस्त मात्रामा पानि अति आवश्यक हुन्छ र एउटाको मात्रामा मात्र गडवडी हुने वित्तिकै समग्र पाचन प्रणालीमा असर पर्दछ त्यसै गरी शिक्षामा गुणस्तर कायम गर्नका लागि पनि अभिभावकको भूमिका कम अथवा कमजोर हुने वित्तिकै समग्रतामा गुणस्तरीय शिक्षामा असर र प्रभाव पर्ने देखीन्छ ।

अभिभावक समग्र शिक्षाको मात्र नभएर सम्पूर्ण शिक्षाको पाठशालाहुन त्यस कारण पनि हरेक क्षेत्रमा वालवालिकाको भविष्य निर्धारण गर्ने प्रमुख मियोका रुपमा लिइन्छ । हरेक अभिभावले आफ्नो वालवालिका राम्रो होस, उत्कृष्ट होस, र उसको भविष्य सुन्दर होस भन्ने चाहान्छ तर त्यसका निमित्त आफ्नो दायित्त निवार्ह गरे वा गरेनन भन्ने नै मूल कुरा हो । एउटा वालवालिका लाई अनुशासित र कुशल नागरीक वनाउने वातावरण सृजना गर्ने, उसका हरेक इच्छा, आकांक्षा रुची प्रति कत्तिको ध्यान दिइएको छ भन्ने प्रधान हुन जान्छ तर त्यसको गन्तव्य एउटा र अभिभाकको एउटा भएमा यि दुई ध्रुव विचमा एकता अथवा मेलमिलाप नभएको खण्डमा सो गन्तव्यमा डगमगाउने र प्रभाव पर्ने देखीन्छ ।

त्यस कारण अभिभावकको र वालवालिकाको विच राम्रो समन्वय र एउटा असल साथि भएको खण्डमा मात्र एउटा मिसन सफल र उत्कृष्ट हुन जान्छ ।परिवेश र समय अनुकुल अभिभावकको भूमिका अति नै गतिशील हुनु पर्दछ । त्यसकारण हाम्रा अभिभावक हाम्रा वालवालिकाका लागि कति लगनशिल र कर्तव्यवोध छन त्यसका आधारमा नै वालवालिकाको भाग्य र भविष्यको रेखा कोरीने देखीन्छ । एउटा सफल वालवालिकाका लागि उसको अभिभावकको कस्तो रोल सोही अनुसारको वातावरण सृजना गर्यो वा गरेन, त्यसका निम्ति लगनशिल भए वा भएन, अभिभावकत्व ग्रहण योग्य ठहरीए वा ठहरीएनन् यि सवै तत्व अति नै संवेदनशिल रहेका छन । सम्पूर्ण अभिभावकहरु आफ्ना वालवालिको शिक्षा र हिडन्े वाटो प्रति कत्तिको जिम्मेवार हुन्छन सोही अनुसारको आधारहरु तयार हुने गर्दछन ।

अन्त्यमा एउटा कुशल नागरीक अथाव विद्यार्थी वा वालवावालिकाको सिकाईको अन्तिम गुरु अभिभावकनै हुन त्यसकारण आफ्ना वालवालिकाको निगरानी वढाउन सहि गोरेटो हिडाउन सफल नागरीक वनाउने एक मात्र पात्र अभिभावकनै हुन त्यसको कुनै विकल्प छैन । त्यती मात्र नभएर गुणस्तरीय शिक्षा आजर्न गर्न समेत अभिभावकको जिम्मेवारी नै प्रमुख हो । विद्यालय वालवालिकाका लागि अभिभावको सक्रियतामा जोड सहितको व्यवस्थापन नै उत्कृष्ट विषयवस्तु हुन जान्छ । आफ्ना वालवालिकको रेखदेख आफैँ गरौँ गुणस्तरीय वालवालिका र शिक्षामा गुुस्तर कायम गरौँ ।

(लेखक मल्ल डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित भद्रपुर माविको विद्यालय व्यवस्थापन समिति संयोजक हुन।)

जनाअवजको टिप्पणीहरू