पत्रकारमाथि आक्रमणको बिरोध जारी : जिल्ला प्रशासन अगाडी धर्ना,मुख्यमन्त्रीलाई ज्ञापनपत्र
धनगढीःपत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारले आज पनि विरोधका कार्यक्रम गरेका छन्।
सोमबार बिहान जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी धर्ना दिएर बिरोध गरेका हुन् ।
प्रशासन कार्यालय कैलाली अगाडी धर्नापछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र समेत बुझाएको छ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्रीले घटनामा संलग्नलाई कारवाही हुने बताएका हुन्। पत्रकारमाथि कुटपिट गर्ने पक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै आइतबार धनगढीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा तीन दिने आन्दोलनका कार्यक्रम घोषण गरेको थियो।
आइतबार पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै पत्रकारहरुले संलग्नलाई तत्काल पक्राउ गर्न माग गरिएको थियो।
भोली सुदूरपश्चिम प्रदेश सभामा धर्ना दिने कार्यक्रम तय गरिएको पत्रकार महासंघ कैलाली शाखाले जनाएको छ।