सुदूरपश्चिममा पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त

बोलन्या थली | २८ भाद्र २०७७, आईतवार
सुदूरपश्चिममा पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त

सुदूरपश्चिममा हाल सम्म सम्म पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। शनिबार थप आठ जना संक्रमण मुक्त भए सगै सो संख्या पुगेको हो ।

निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालबाट तीन जना, बझाङबाट दुई र डोटीबाट तीन गरी आठ जना डिस्चार्ज भएका छन्।

अहिले सम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीबाट  एक हजार पाँच सय चार जना डिस्चार्ज भएका छन्।

यस्तै डोटीबाट नौं सय १० जना, अछामबाट आठ सय ९३ जना, कञ्चनपुरबाट ६ सय ७४ जना, बाजुराबाट चार सय ४२ जना, बैतडीबाट तीन सय २५ जना, बझाङबाट तीन सय ६६ जना, डडेल्धुराबाट तीन सय १६ जना र दार्चुलाबाट ४५ जना डिस्चार्ज भएका छन्।

सुदूरपश्चिममा हालसम्म सम्म ६ हजार ४ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। पाँच हजार चार सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

जनाअवजको टिप्पणीहरू