पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न बोलन्या थलीको माग

बोलन्या थली | २७ भाद्र २०७७, शनिबार
पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न बोलन्या थलीको माग

धनगढी: बोलन्या थलीले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि गरिएको कुटपिटको निन्दा गरेको छ। बोलन्या थलीका संयोजक यादव जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यकक्षमै गएर पत्रकारमाथि कुटपिट गर्नु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख छ। 

‘यो घटनामा संलग्न जो सुुकैलाई चाडो भन्दा चाडो खोजी गरी उनीहरुमाथि कानुन अनुसारको कारवाहीका लागि प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौं’  विज्ञप्तीमा भनिएको छ।

जनाअवजको टिप्पणीहरू