नेपालमा थप १ हजार २०१ जनामा कोरोना पुष्टि

बोलन्या थली | २७ भाद्र २०७७, शनिबार
नेपालमा थप १ हजार २०१ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले १ हजार २०१ संक्रमित थपिएका जानकारी दिए ।

पछिल्लो विवरण अनुसार १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको थियो । शनिवार देशभर १५ हजार २६० जना सक्रिय संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ९ हजार १०७ र होम आइसोलेसनमा ६ हजार १५३ संक्रमित रहेका प्रवक्ता गौतमले बताए ।यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू