सेती अस्पतालमा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण

बोलन्या थली | २७ भाद्र २०७७, शनिबार
सेती अस्पतालमा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण

धनगढी– सेती प्रादेशिक अस्पतालको प्रयोशालामा २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका १२ र कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको धनगढी उप–महानगरपलिकाका ४, बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २, टीकापुर नगरपालिका वडा नम्वर ८ र लम्कीचुहा नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का १० जना र वडा नम्वर १० का दुई जनामा संक्रमण पुष्टि भएको छ।

जनाअवजको टिप्पणीहरू