झण्डै २० वर्षपछि धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु

बोलन्या थली | २७ भाद्र २०७७, शनिबार
झण्डै २० वर्षपछि धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु

धनगढी । झण्डै २० वर्षअघि रोकिएको धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु भएको छ। द्वन्द्वकाल सुरु भएयता रोकिएको हवाई सेवा पुनः सुरु भएको हो।

शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको छ। समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए।

२० वर्षअघि बाजुरा धनगढीसँग सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि धनगढीसँगको हवाई सम्पर्क अवरुद्ध भएको थियो।

बाजुरा नेपालगंंजसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन। हवाई सेवामा बाजुरा धनगढीसँग जोडिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।

जनाअवजको टिप्पणीहरू