एसपिएले गर्यो शिक्षक तथा कर्मचारीको कोरोना बिमा
बोलन्या थली |
२७ भाद्र २०७७, शनिबार
धनगढी । झण्डै डेढ दशक अघि धनगढीमा स्थापना भई सुपमा शिक्षा फैलाउँदै आएको सुदूरपश्चमिाञ्चल क्याम्पस (एसपिए) ले शिक्षक तथा कर्मचारीको कोरोना बिमा गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्याम्पसले संस्थामा कार्यरत ५० जना कर्मचारीको कोरोना बिमा गरिएको क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले जनाएका छन् । उनले शिक्षक तथा कर्मचारीको मनोबल उच्च पार्न र कोरोना संक्रमण भईहाल्यो भने पनि उपचारका लागि बिमा गरेको बताए ।
धनगढी नगर क्षेत्रमै प्रत्येक दिन ठूलो संख्यामा संक्रमित थपिरहेको अवश्थामा एसपिएले कर्मचारीको बिमा गर्दा कर्मचारीहरुमा हैसला थपिएको एसपिएमा कार्यरत प्राध्यापक तथा बिबिएम कार्यक्रम संयोजक मनोज पन्तले बताए ।