डोटिमा जिप दुर्घटना, १२ जना घाइते


धनगढी : डोटिमा जिप दुर्घटना भएको छ । धनगढीबाट अछाम गईरहेको से १ ज ११६६ नम्बरको जिप आज बिहान ५ बजे डोटीको पुर्वीचौकी गाउँपालीका १ शान्तीनगरमा दुर्घटना हुदा १२ जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्णवहादुर बोहरा अनुसार घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको बताए। जिप सडकबाट १०० मिटर तल खसेको उनले जानकारी दिए।