सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३८८ पुग्यो

बोलन्या थली | २५ भाद्र २०७७, बिहीबार
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३८८ पुग्यो

कञ्चनपुर ।  सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३८८ पुगेको छ । प्रदेशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा  बिहिबार थप ७० जनामा कोरोना पुष्टि भए सगैँ सो संखया पुगेको हो ।

प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४७७ नमुनाहरुमध्ये ७० जनामा संक्रमण देखिएको हो ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा ७० जनामा कोभिड १९ पोजेटिभ देखिएको हो ।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३१९ नमुनाहरुमध्ये ६९ जनामा संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ६७ जना र कञ्चनुरका २ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

उनले आज धनगढी कै ९ महिला र ४१ पुरुष गरी ५० जनामा कोरोना पुष्टि भएको बताए । यस्तै गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिका वडा नम्बर ३ का एकजना, चुरे गाउँपालिका वडा नम्बर ६ का दुईजना, घोडाघोडी नगरपालिकाका एकजनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिकाका दुईजनामा कोरोना देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ९७ नमुनाहरुको परिक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले आज परिक्षण गरिएका ९७ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ६१ नमुनाहरुमध्ये एक जनामा संक्रमण देखिएको हो ।

प्रयोगशालामा परिक्षण भएका डोटी जिल्लाका विभिनन ठाउँका नमुनाहरुमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । जिल्लाको शिखर नगरपालिका एक जना पुरुषमा संक्रमण देखिएको हो । प्रदेशमा  ६ हजार ३८८  मध्ये पाँच हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

जनाअवजको टिप्पणीहरू