बाेलन्या थलिको डडेल्धुरा जिल्ला युनिट गठन


सुरज तमाेलि,डडेल्धुरा। बोलन्या थलि डडेल्धुरा युनिटको संयोजकमा दिपकराज भट्टलाई चयन गरिएको छ । बिहिवार जिल्ला सदरमुकाम तुफानडाडामा एक कार्यक्रमका बिच जिल्ला युनिट गठन भएको हो ।
दिपकराज भट्टको संयोजकमा २० सदस्य समिति गठन भएको हो । सुदूरपश्चिमका सबै जिल्लामा बोलन्याथलीको युनिट गठन गर्ने अभियान अन्र्तगत आज डडेल्धुरा जिल्लामा समेत थलीले समिति पाएको छ ।
समिति गठन कार्यक्रम मा बोल्दै अनेरा स्वबियुका जिल्ला अध्यक्ष सन्तोष भट्टले युनिटले समाजमा रहेका कुरिती ,असमानता बिरुद्ध निश्पक्ष लाग्नु पर्ने र सबै संग समन्वय गरेर अगाडि बढनु पर्ने बताए ।
कार्यक्रममा डडेल्धुरा नेविसंघका नेता, अखिल विद्यार्थी का नेता, नागरिक समाजका अध्यक्ष , गन्यापधुरा गाउँपालिकाका प्रेस सल्लाहकार , सामाजिक अभियानता , बोलन्याथिलि प्रदेश प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने , राज्यले बाजुरालाई गरेको नजर अन्दाज विरुद्ध र आर्थिक सामाजिक जागरणका लागी कडा आन्दोलन गर्ने निर्माण र सामाजिक कार्यमा अगाढी बढ्ने नयाँ टीमले निर्णय गरेको छ ।