डोटीमा मदिरा ओसार्दै गरेको जीप प्रहरी नियन्त्रणमा

बोलन्या थली | २४ भाद्र २०७७, बुधबार
डोटीमा मदिरा ओसार्दै गरेको जीप प्रहरी नियन्त्रणमा

डोटी : निषेधाज्ञाको समयमा लुकीछिपी मदिरा ओसार्दै गरेको अवस्थामा प्रहरीले बुधबार बिहान एक जीप नियन्त्रणमा लिएको छ । दिपायल पिपल्लामा रहेको देउवा ट्रेडर्स एण्ड सप्लायर्सको से १ च १९२४ नम्बरको जीप मदिरा बिक्रीका लागि गाउँ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको हो ।

जीफमा ३५ पेटी लिचि नामक मदिरा रहेको प्रहरीले जनाएको छ । मदिरा सहित जिप इलाका प्रहरी कार्यालय दिपायलमा राखिएको इलाका प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले बताउनुभयो । 

कोरोनाका कारण डोटी जिल्लामा निषेधाज्ञा जारी गरिएको समयमा यहाँका जिप चालकले गाउँ घरमा लुकीछिपी मदिरा ओसार्दै गरेको पाइएपछि प्रहरीले जाँचमा कडाइ गरेको छ । 

गाउँमा दिनहुँ मदिरा बिक्री वितरण हुन थालेपछि पछिल्लो समय मदिराका कारण विभिन्न खालका अपराध पनि बढ्न थालेको प्रहरीले जनाएको छ । 

जनाअवजको टिप्पणीहरू