महामानव वि पि कोइरालाप्रती शब्द श्रद्धाञ्जली

बोलन्या थली | २४ भाद्र २०७७, बुधबार
महामानव वि पि कोइरालाप्रती शब्द श्रद्धाञ्जली

इतिहास सबैको बन्दैन ,इतिहास निर्माणका लागि त्याग, बलिदान र समर्पण चाहिन्छ।  त्याग, बलिदान र समर्पणको प्रयाय महामानव वी पि कोइराला नेपाली राजनीतिमा अफ्नो युगका सर्वाधिक अग्ला राजनेता र बिचारक हुन।नेपाली राजनीति दुई बिचारधारा बाट चलेको पाइन्छ।एउटा राजाको एकतन्त्रीय प्रणाली र अर्को बी पी कोइरालाको प्रतिपादित प्रजातान्त्रिक समाजवादी संसदीय ब्यवस्था।समान्यात सात सालको क्रान्ति पछिका दिनमा बी पी बिचारको प्रधानता रह्यो ।सात सालको क्रान्ति युग परिवर्तनको नया अध्याय थियो।त्यही क्रान्ति पछिको समय आधुनिक युगले परिभाषित हुन्छ ।त्यो युगान्तकारी परिवर्तनको नेतृत्व बी पी कोइरालाले गर्नु भएको थियो।क्रान्तिको सुत्रपात भारतिय स्वतन्त्रता संग्राम बाट भएको पाइन्छ।देश भित्र पनि राणा बिरोधि गतिविधि भइ रहेका त्यही समय छिमेकी देशमा भएका संग्रामले आन्दोलन सफल पार्न बल पुर्‍यायो।भारतिय स्वतन्त्रता संग्राममा बी पी कोइराला लगायत अन्य राजनेताको प्रत्यक्ष संलग्नताले नेपाली क्रान्तिले निकै उचाई पायो र सफल पनि भयो।आन्दोलन पुर्व नेपाली काङ्ग्रेसको स्थापना भयो।नेपाली कांग्रेसका संस्थापक तथा योजनाकार बी पी कोइराला
नै हुनु हुन्थ्यो।ऐतिहासिक महत्त्व बोकेको पार्टीको स्थापना समकालीन समय परिस्थिति बुझेर गरिएको थियो।राष्ट्रियता लोकतन्त्र समाजवाद लाई मुख्य आदर्श मानी स्वतन्त्रता समानता र लोकतन्त्र को मूल्य र मान्यतामा आन्दोलन सफल भएको थियो।आन्दोलनको नेतृत्व  बी पी कोइरालाको र आन्दोलनको सफलता पछिको राजनीति बिचारधारा पनि
बी पी कोइराला कै थियोे।प्रजातान्त्रिक समाजबादको अवधारणा प्रतिपादित गर्नु भएको थियोे बी पी कोइरालाले।आर्थिक,सामाजिक ,राजनीतिक परिवर्तनको आधार थियो समाजवादी अवधारणा ।तत्कालीन समाजवादी नेता राममनोह लोहिया,जयप्रकाश नारायण ,आचार्य नरेन्द्रदेव संगै समाजवाद को यात्रा शुरुआत गरेका बी पी कोइराला ले आफ्नो बिचरधारा समेत जोडेको पाइन्छ।
एक हल गोरु,एउटा दुहुनो गाई,खरकै भएनी छाप्रो,छोराछोरी लाई रहरले पढाउनु सक्ने हुनु,बिरामी पर्दा औषधी मुलो गर्न सक्ने ब्यवस्था हरेक नेपालीको हुनु जरुरी छं।समानता हरेक नेपालीको उन्नतिमा खोज्नु भयो बी पी कोइरालाले।बी पी कोइरालाको कुटनैतिक छवि बिशिस्ट किसिमको थियोे ।अमेरिकी राजदुत मार्फत त्यहाको सरकारलाई सरकार प्रमुख साना ठुला देशका भनी विभेद हुनु भएन। मलाई स्वागत गर्न तपाईंको राष्ट्रपती आउछन आउदैनन।यदि आउदैन भने म अमेरिका जान्न।तर्क, बिचार र ब्यवहारले बिश्वले सम्मान गर्दथ्यो।कुनै समय उत्तरी छिमेकी चिनले सगरमाथा चिनको भनेर दाबी गर्दा तत्कालिन प्रधानमन्त्री बि पि कोइराला चीन नै पुगेर त्यहाका सर्बोच्च नेता माओत्से तुङ सग नक्सानै अगाडि राखेर छलफल गर्ने हिम्मत राख्थे र सगरमाथाको दाबी सधैको लागि चिनले छोडिएको थियो । जवहारलाल नेहरुले नेपालको सार्वभौमसत्ता माथी आच आउने गरि टिप्पणी गरेको भनी यिनै जननायकको बिरोध र दबाबको कारण संसदमा सार्बजनिक रुपमा माफी मागेका थिए ।भारतीय राजनेताको बी पी कोइराला प्रती उच्च सम्मान थियो।महात्मा गान्धी संगको सानिध्यता,डा राजेन्द्रप्रसाद , जवरलाल नेहरु,बल्लवभाइ पटेल लगायतका नेताह्रुको समकक्षीता,अन्तर्राष्ट्रिय समाजवादहरु मध्येको योजनाकार हुनुहुन्थ्यो ।सोसिलिष्ट इन्टरनेसनलका संस्थापक रहेका बी पी कोइराला अन्तर्राष्ट्रिय जगतमा उच्च छवि थियो।संयुक्त राष्ट्र संघमा नेपालको बिचार सहित उपस्थिति बी पी कोइरालाको नेतृत्वकालमा भएको थियोे ।विभिन्न राष्ट्र संग द्वैत सम्बन्ध कायम गरिएको थियो।विश्व राजनीति मा बैचारिक उपस्थिति भएको थियो ।बी पी कोइरालाका हरेक तर्क अनुकरणीय छन।आदर्श र निष्ठाको पाठ सिकाउछ्न।उच्च बिचारले महामानव बनेका हुन।अहिले पनि त्यत्तिकै सान्दर्भिक छन।योजना बनाउदा गरिव किसानलाई हेरि बनाउनोस,भनेर ग्रामिण क्षेत्रका बिपन्न बर्गलाई समेटने राज्यको निति बनाए।गाउँ तिर जाऔ गाउ लाई हेरौ,जसको जोत उसको पोत,भुमि माथिको द्वैध स्वामित्व अन्त।प्रगतिशील भुमि सुघार शिक्षा,स्वास्थ ,उद्योग  बाणिज्यका क्षेत्रमा उल्लेख्य कार्य प्रारम्भ भएका थिए।तत्कालीन अवस्थामा नै समाबेसी पार्टी निर्माण गरिएको थियोे ।धनमान सिह परियार लाई महामन्त्री ,दिमानसिह राई,राम नारायण सिह,महेन्द्रनारायण निधि,गणेशमान सिह जस्ता विभिन्न जातजाति र बर्गका नेता समाबेश गरि पार्टी बनाइए को थियोे ।त्यस्तै सरकार पनि।दक्षिण एसिया मै पहिलोपटक महिलाको नेतृत्व सरकारमा गराइएको थियोे ।साहित्य , राजनीति र दर्शन का त्रिबेणी हुनुहुन्थ्यो बी पी कोइराला।राजनीति बिचारधारा,राजनीति दर्शन प्रस्तुत गर्नु भएको थियो बी पी कोइरालाले।महापुरुषको जन्म सधै सबै समय हुदैन।

सबै मा उत्कृष्ट बिचार प्रस्फुटन हुदैन ।राजनीति सामाजिक क्षेत्रका दुर्लभ ब्यक्तितब हुनु हुन्थ्यो बी पी कोइराला।आफ्नो युगका सर्वाधिक अग्ला  राजनेता हुन।    वी.पी,.यो देशका मुर्धन्य साहित्यकार मात्र नभएर ,बरिस्ठ  राजनेता पनि हुनुहुन्छ । त्यसो हुँदा यो देशले वी.पी.बाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको छ । आजको नेपाली काँग्रेसले, यही दर्शन अवलम्वन गरेर काँग्रेशको नेतृत्वमा दूई दुई ओटा शान्तिप्रिय जनआन्दोलन परिचालन गरेर सफलता हाँसिल ग¥यो । २०४६ सालको क्रान्ति सफल बनाएर संविधान दिन सक्षम भयो । यो संविधानमा पनि राजाको शक्ति बलियो नै रहेछ र दोस्रो जनआन्दोलन पनि नेकाको नेतृत्वमै ( वी.पी.का भाई गिरिजा प्रसादको नेतृत्वमा) सञ्चालन गरेर देशमा प्रजातन्त्रमात्र नभै गणतन्त्र वहाली गराएको छ । नेपाली साहित्यको भण्डारमा वी.पी.का यी गहन, सारगर्भित कृतिहरूले कोशे ढुङ्गा थपेर गएको छ । उनको कलम साहित्यिक क्षेत्रमा अद्वितीयरूपमा चलेको छ । आज नेपाली काँग्रेसका नेताहरू तथा अनुआइहरूले वी.पी.ले दिएको मार्गदर्शनलाई सही रूपमा व्यवहारमा उतार्न सकेमामात्र वी.पी. प्रतिको सच्चा आदर भाव सम्मान हुनेछ ।
महापुरुषकाप्रति जन्म जयन्तीको अवसरमा स्मरण सहित भाव्पुर्ण श्रद्धाञ्जली

जनाअवजको टिप्पणीहरू