नयाँ युवा नयाँ सोच नेपालद्वारा NYNSN TALENT HUNT प्रतियोगिता गर्दै

बोलन्या थली | २३ भाद्र २०७७, मंगलवार
नयाँ युवा नयाँ सोच नेपालद्वारा NYNSN TALENT HUNT प्रतियोगिता गर्दै

धनगढी : नयाँ युवा नयाँ सोच नेपालद्वारा NYNSN TALENT HUNT प्रतियोगिता आयोजना हुने भएको छ । विगत ३ वर्ष देखि देशका विभिन्न जिल्लाहरुमा युवा,महिला तथा बालबालिका लक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको युवा संस्था नयाँ युवा नयाँ सोच नेपालले NYNSN TALENT HUNT-2077 आयोजना गर्ने भएको हो।

कोरोना र लकडाउनलाइ मध्यनजर गर्दै प्रविधिको प्रयोग गरि विभिन्न शैक्षिक,कानुनी,मनोरञ्जनात्मक,साहित्यिक,सांगीतिक तथा अन्तरवार्ता कार्यक्रम सञ्चालन गरिरहेको यस संस्थाले गत महिना मात्रै देशभरी बाट ८३ जना विध्यार्थीहरु सहभागी गराइ विभिन्न १७ विषयवस्तुहरुमा ३ दिवसीय आधुनिक तथा परिस्कृत ढंगले राष्ट्रव्यापी वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । यस वर्षको राष्ट्रिय बाल दिवसको अवसर पारेर यस संस्थाले देशभर माध्यमिक तहसम्म अध्ययन गरिरहेका विध्यार्थीहरुलाइ लक्षित गर्दै गायनकला,नृत्यकला,चित्रकला,वक्तित्वकला र साहित्यकला(कविता र गजल) गरि पाँच विधा समेटेर उक्त प्रतियोगिता गर्ने भएको छ।

आयोजकको अनुसार “राष्ट्रियता”भन्ने विषयवस्तु भएको हुनाले सम्पुर्ण विधाका प्रतिस्पर्धिहरुको प्रतिभामा राष्ट्रियताको भाव झल्केको हुनुपर्नेछ । कृसेन्ट सिटि स्कुल,कैलाली, न्यु होराइजन स्कुल रुपन्देही र नेपाल प्रहरी स्कुल,सामाखुसी को आर्थिक सहयोगमा हुने यस प्रतियोगितामा प्रत्येक विधाका विजेताहरुलाइ नगद पुरस्कार रु २५ सय तथा सम्पुर्ण  सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रतियोगितामा सहभागी हुनको लागी प्रत्येक सहभागीले उक्त प्रतियोगिताको सुचना अनिवार्य रुपमा आफुले शेयर गरेको हुनुपर्ने र त्यसपश्चात आफ्नो नाम,ठेगाना, सम्पर्क नम्बर सहित आफ्नो प्रतिभा सहितको भिडियो नयाँ युवा नयाँ सोच,नेपालको फेसबुक पेज वा इमेल ठेगाना nayayubanay@gmail.com मा यहि भाद्र २७ गते भित्रमा पठाइसक्नुपर्ने जानकारि समेत गराइएको छ। कुनै भोटिङको आधारमा नभई निर्णायक हरुको निर्णय बाट विजेताहरु छनोट गरिने र प्रत्येक विधाका उत्कृष्ट पाँच सहभागीहरुको प्रतिभा वाल दिवसको दिन अथितिहरुको माझ नतिजा घोषणा समारोहमा प्रदर्शन गराइने समेत आयोजक ले बताएका छन ।

जनाअवजको टिप्पणीहरू