बझाङमा बाघको छाला र हड्डी सहित दाजुभाई पक्राउ

बोलन्या थली | २२ भाद्र २०७७, सोमबार
बझाङमा बाघको छाला र हड्डी सहित दाजुभाई पक्राउ

बझाङ । सुदूरपश्चिम प्रहरी प्रदेश क्षेत्रीय अनुसन्धान टोली (आराआइटी) ले पाटे बाघको छाला र हड्डी सहित दाजुभाइलाई पक्राउ गरेको छ । बुङल बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको अवस्थामा बुङल नगरपालिका-६ बझाङका २६ बर्षिय हरजित बोहरा र २३ बर्षिय सुरेन्द्र बोहरालाई बाघको दुई थान छाला र हड्डी सहित पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए ।

पक्राउ परेकाहरुको साथबाट ८ फिट ७ इन्च लम्बाई र ४ फिट ६ इन्च चौडाइ तथा ७ फिट ६ इन्च लम्बाइ र ३ फिट ८ इन्च चौडाइको दुई थान पाटे बाघको छाला र ९ केजी हड्डी बरामद गरिएको प्रदेश अनुसन्धान व्युरोका प्रमुख प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझााङ पठाइएको जनाएको छ ।

जनाअवजको टिप्पणीहरू