डोटीको प्रयोगशालामा भएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि


डोटी । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका १०१नमुनाहरुमध्ये ११ जनामा संक्रमण थपिएको हो ।
आइतवार अछामको तुर्माखाँद गाउँपालिकाका एक पुरुष र एक महिला र धमालीका ६ जना पुरुष र ३ महिला गरी ११ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए ।