सुनको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

बोलन्या थली | २१ भाद्र २०७७, आईतवार
सुनको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आइतबार पनि सुनको मुल्यमा गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार एक सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदीको मुल्यमा चाँदी तोलामा १० रुपियाँले बढेर १ हजार ३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू