कैलालीमा आज देखि निषेधाज्ञा खुकुलो, के गर्न पाउने/ के नपाउने ?
बोलन्या थली |
२० भाद्र २०७७, शनिबार
कैलाली । कोरोना नियन्त्रण तथा रोकथाम गर्न भदौ ४ गतेदेखि कैलालीमा लागू गरिएको निषेधाज्ञा आज देखि केहि खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । यसअघि भदौ ४ गतेदेखि १९ गते मध्यरातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा आजदेखि ३१ भदौसम्म लागु हुने गरी खुकुलो पारेर निषेधाज्ञालाई भने निरन्तरता दिइएको हो।
आज देखि कैलालीमा के गर्न पाउने, के नपाउने ?