धनगढीमा टोलमा कोरोना संक्रमीत बढेपछि दुई वटा टोल सिल


धनगढी : धनगढी उप–महानगरपालिकाकाको दुइ टोल सिल गरिएको छ । धनगढीको वडा नम्वर ५ का दुई टोल सिल गरिएको हो। ज्ञान निकेतन क्षेत्रका तीन घर र जाई क्षेत्रका चार घरका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
जनप्रतिनिधिको रहोवरमा टोल सिल गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। उक्त क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि प्रहरीले माईकिङ गरेको छ