शुक्रबार थप कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, १३५९ जना संक्रमित थपिए

बोलन्या थली | १९ भाद्र २०७७, शुक्रबार
शुक्रबार थप कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, १३५९ जना संक्रमित थपिए

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १३५९ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।योसंगै हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।

जनाअवजको टिप्पणीहरू