निजी ल्याबको कोरोना रिपोर्टले बिमा रकम नपाइने


काठमाडौ । कोरोना भाइरसको बिमा गर्ने सबै बिमितले बीमा दावी भुक्तानी नपाउने भएका छन् ।कोरोना बीमाको नयाँ मापदण्ड बनाउँदै बीमा समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताए पछि निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बीमा दावी भुक्तानी नपाउने भएका हुन् ।सरकारले नै विभिन्न ल्याबहरुलाई कोरोना परीक्षणका लागि मान्यता दिएपनि समितिले सरकार मातहतका निकायबाट पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई भनेको छ ।
निजी ल्याबको रिपोर्ट फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बीमा समितिको भनाइ छ । तर बीमा गरिएको रकम यत्तिकै पचाउने कतिपयले बीमा कम्पनीहरुको उक्साहटमा समितिले यस्तो निर्णय लिएको कतिपयको आरोप छ ।यसका विषयमा थप छलफल गरेर नयाँ निर्णय लिने समितिले बताएको छ ।
अहिलेसम्म १२ लाखभन्दा धेरैले कोरोना बीमा गराएपनि जम्मा ६ सय जनाको मात्रै बिमा दावी भुक्तानी परेको छ ।पछिल्लो समय सरकारी ल्याबहरुमा चाप बढेपछि धेरैजसोले निजी ल्याबमै पीसीआर परीक्षण गराइरहेका छन् ।
