आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

बोलन्या थली | १९ भाद्र २०७७, शुक्रबार
आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफनै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । कृष्णपुर नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका हुन् । 

५८ बर्षिया बृद्ध आमाले छोरा बिरुद्ध उजुरी दायर गरेपछि कृष्णपुर नगरपालिकावाट ३० वर्षीय छोरालाई पक्राउ गरेको प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए ।

बुधबार पक्राउ गरिएका उनलाई बिहीबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

भारतमा रहेका उनी पछिल्लो समय कोरोनाकारणले आफनो गाउँ फर्किएका थिए । छोराले मदिरा सेवन गरेर यौनजन्य हिंसा गर्न थालेपछि छोरा बिरुद्ध आमाले जबरजस्ती करणीमा उजुरी दायर गरेकी हुन् ।

जनाअवजको टिप्पणीहरू