झोलामा टाउको देखाएर ‘मैले हत्या गरेँ मलाई कारबाही गर्नुस्’ भन्दै प्रहरी कार्यालयमा !

बोलन्या थली | १९ भाद्र २०७७, शुक्रबार
झोलामा टाउको देखाएर ‘मैले हत्या गरेँ मलाई कारबाही गर्नुस्’ भन्दै प्रहरी कार्यालयमा !

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका २६ वर्षिय राजु परियार दिनभर निर्माणको काम गर्थे ।

मिस्त्रीको काम गर्ने उनी विहिबार साँझ काम गरेर घर फर्कदै थिए । बाटोमा ६५ वर्षिय सोमबहादुर गुरुङ मदिरा पिएर बसिरहेका रहेछन् ।

राजुले सोमबहादुरलाई सोधे, ‘यति राति कता हिँडेको बाबै ? ’ सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’

युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले । ‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे ।

तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हाने । कुटाई खाएपछि राजु सरासर घर गए र झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए ।

त्यसपछि उनले गुरुङमाथि खुर्पा प्रहार गरि हत्या गरे । हत्यापछि उनी राती करिब ११ बजे साङकोषको खाल्चेतबाट हिँडेरै जिल्ला प्रहरी कार्यालयमा आए ।

झोलामा रहेको सोमबहादुरको टाउको देखाएर मैले हत्या गरेँ मलाई कारबाही गर्नुस् भन्दै प्रहरी समक्ष आत्म समर्पण गरे ।

जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी इन्सपेक्टर सरोज राईका अनुसार प्रहरीले राजुको शुरुवाती बयानको आधारमा घटनास्थलको मुचुल्का तयार पारी शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धादिङ पुर्याउँदै छ ।

जनाअवजको टिप्पणीहरू