दारी ग्याङको घरदैलो रक्तदान कार्यक्रम जारी

बोलन्या थली | १८ भाद्र २०७७, बिहीबार
दारी ग्याङको घरदैलो रक्तदान कार्यक्रम जारी

धनगढी  । कोरोनाका कारण रगतको अभाव हुँदै गएपछि दारी ग्याङ धनगढीले सोमबारदेखि सुरु गरेको घरदैलो रक्तदान कार्यक्रम जारी राखेको छ।

निषेधाज्ञाका बेला रगत अभाव हुने समस्या आएपछि रक्तसञ्चार केन्द्रको सहकार्यमा घरदैलो रक्तदान कार्यक्रमको सुरुवात गरेको दारी ग्याङका धनगढी संयोजक दिनेश बोहराले बताए।

उनले आज कुटुम्ब होस्टेलमा आयोजना गरेको रक्तदान कार्याक्रममा २० पिन्ट रगत संकलन भएको बताए।

घरदैलो कार्यक्रम अन्तरत दारी ग्याङले पहिलो दिन सोमबार ११ पिन्ट, दोस्रो दिन १५ पिन्ट, तेस्रो दिन २५ र आज २० पिन्ट रगत संकलन भएको बोहराले बताए।

जनाअवजको टिप्पणीहरू